उपत्यकामा थपिए ३ हजार ५९५ संक्रमित

370

काठमाडौं । २४ घन्टाभित्र काठमाडौं उपत्यकामा ३ हजार ५ सय ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा २ हजार ७ सय ४४, ललितपुरमा ५ सय ५० र भक्तपुरमा ३ सय १ जना संक्रमित भेटिएको हो ।

देशभरबाट ७ हजार २ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । यीमध्ये ४८ हजार ७ सय ११ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ४ सय ७७ जना र भेन्टिलेटरमा १ सय ३१ जना उपचाररत छन् ।

आइतबार बार देशभर १ हजार ६ सय १२ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका १ हजार ६ सय १२ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ८३ हजार ९ सय ९४ जना पुगेको छ । निको हुने दर ८४.५१ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २७ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३ सय २५ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...