लुम्बिनीका मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त, केहीबेरमा सपथ ग्रहण

249

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शङ्कर पोखरेल पुनः नियुक्त भएका छन् ।

यसअघि प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष पोखरेलले बहुमत सदस्यको हस्ताक्षर बुझाएको र सोही आधारमा उनी नियुक्त भएका हुन् ।

उनले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले केहीबेरमा पद तथा गोपनियताको सपथ लिने जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...