आइपिएल २०२१ : पोलार्डको आक्रामक पारीमा मुम्बइ ४ विकेटले विजयी

286

काठमाडौं । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ ।

शनिबार सम्पन्न खेलमा मुम्बइले चेन्नइ सुपर किङ्सलाई ४ विकेटले पराजित गरेको हो । जितसँगै मुम्मबइ चौथो स्थानमा उक्लिएको छ ।

२ सय १९ रनको लक्ष्य पछ्याएको मुम्बइले अन्तिम ओभरमा १६ रन प्रहार गर्दै ४ विकेटको जित निकाले हाे । मुम्बइको जितमा किरोन पोलार्डले ३४ बलमा ८७ रनको पारी खेले ।

राम्रो सुरुवात गरेको मुम्बइका लागि क्वुइन्टन डि कोकले ३८, रोहित शर्माले ३५, क्रुणाल पाण्ड्याले ३२ तथा हार्दिक पाण्ड्याले १६ रनको योगदान दिए ।

यसअघि, अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नइले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय १८ रन बनाएको थियो ।

खराब सुरुवात गरेको चेन्नइका फाफ डु प्लेसिस र मोइन अलीले दोस्रो विकेटका लागि १ सय ८ रनको शतकीय साझेदारी गरेपछि विशाल लक्ष्य बनाउन सफल भएको थियो । अली ५८ तथा प्लेसिस ५० रनमा आउट भए ।

अम्बाती रायुडुले २७ बलमा ७ छक्का र ४ चौकाको मद्धतमा नटआउट ७२ रन तथा रविन्द्र जडेजाले २२ रन जोडे ।

जितसँगै मुम्बइ तालिकाको चौथो स्थानमा रहेको छ । मुम्बइको ७ खेलबाट ८ अंक छ । समान १० अंक भएपनि रनरेटका आधारमा चेन्नइ पहिलो, दिल्ली दोस्रो र बैंगलोर तेस्रो स्थानमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...