बहुमतप्राप्त दलको हैसियतले पुनः सरकार बनाउन मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

423

रुपन्देही । लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् ।

अविश्वासको प्रस्तावको सामना गरिरहेका पोखरेलले संविधानको धारा १६८ को उपधरा १ अनुसार बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतामा पुनः सरकार बनाउन राजीनामा दिएका हुन् ।

प्रदेश सरकार गठन हुँदाको अहिलेको कानुनी परिस्थिती फरक भएकाले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्न पोखरेलले राजीनामा दिएको बताइएको छ।

यसैबीच मुख्यमन्त्री पोखरेलको राजीनामा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले स्वीकृत गरेका छन् ।

अहिले लुम्बिनी प्रदेशमा ६ जना प्रदेशसभा सदस्य पदमुक्त भएपछि ८१ सदस्य मात्र छन् । एमालेको ४१ सांसद भएकाले अब एमालेको एकल बहुमत हुनेछ ।

मुख्यमन्त्री पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेस गरेको अविश्वास प्रस्तावमा प्रदेश सभामा आजबाट छलफल सुरू हुन लागेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...