काठमाडौं । नेपालमा ५ हजार ७ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा देशभर १४ हजार ४ सय ३ आरटी पिसिआर र ५ सय ६६ एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएका हो ।
पिसिआर विधिबाट ५ हजार ७ सय ६ र एन्टिजेन विधिबाट ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जम्मा कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको छ । यीमध्ये ४३ हजार २ सय १३ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् भने ७६ जना क्वारेन्टिना छन् ।
काठमाडौंमा १ हजार ९ सय ३२, ललितपुरमा ३ सय ५५ र भक्तपुरमा २ सय ८ जना गरी उपत्यकामा २ हजार ४ सय ९५ जना संक्रमित थपिएका छन् ।
संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ४ सय १ जना र भेन्टिलेटरमा १ सय १० जना उपचाररत छन् ।
शनिबार देशभर १ हजार २ सय ८७ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका १ हजार २ सय ८७ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ८२ हजार ३ सय ८२ जना पुगेको छ । निको हुने दर ८५.९ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घन्टाको अवधिमा १९ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ ।