नोबेल अस्पतालमा शनिबार ३ जना संक्रमितको मृत्यु

175

विराटनगर । विराटनगरमा कोरोना संक्रमित तीन जनाको शनिबार बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमध्ये एक जना विराटनगर र अन्य दुई जना प्रदेश २ को सप्तरी र महोत्तरीका हुन् । तीनै जनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

कोरोनाको उपचारका लागि अस्पताल भर्ना गरिएका विराटनगर–३ का ५५ वर्षीय पुरुषको शनिबार बिहान ५ः५० बजेतिर मृत्यु भएको थियो ।

त्यस्तै, नोबेलमै उपचाररत सप्तरीको राजविराज–९ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको पनि बिहान मृत्यु भएको छ। कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि शुक्रबार दिउँसो १ बजेतिर अस्पताल भर्ना गरिएको थियो।

महोत्तरीको महत्तरी–६ का ३५ वर्षीय पुरुषको उपचारकै क्रममा बिहान ६ः१५ बजेतिर मृत्यु भएको प्रबन्धक दाहालले जानकारी दिए । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि शुक्रबार दिउँसो अस्पताल भर्ना गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...