काठमाडौं । लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् ।
उनले नेकपा एमालेका उम्मेदवार चन्द्र बहादुर खड्कालाई ५ सय ४६ मतले पराजित गर्दै विजयी भएका हुन् । पाण्डेयले ४ हजार १४० मत ल्याए भने खड्काले ३ हजार ५९४ मत पाए ।
कांग्रेसका उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव कुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो ।
सोमबारको मतदानमा २९७ जनाले मतदान गरेका थिए ।