राष्ट्रियसभा उपनिर्वचनः २९७ मत खस्यो, यी ३ जनाले गरेनन् मतदान

256

दाङ । लुम्बिनी प्रदेश राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा २ सय ९७ जनाले मतदान गरेका छन् । सोमबार भएको निर्वाचनमा ३ जना अनुपस्थित भएका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवल शमशेर राणा, बाँके नैनापुर गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक साह र गुल्मीको दरबार गाउँपालिका अध्यक्ष अशोक थापाले चुनावमा मत हालेनन् ।

नेपालगञ्जका उपमहानगरपालिकाका प्रमुख राणाले सार्वजनिकरुपमै निर्वाचन बहिष्कार गरेका थिए । नैनापुरका अध्यक्ष साह उपचारका लागि भारतको लखनाउ गएकाले निर्वाचनमा सहभागी भएनन् । यस्तै, दरबार गाउँपालिका अध्यक्ष थापा पनि बिरामी छन् । उनी काठमाडौंमा उपचार गरिरहेका छन् ।

स्थानीय तहका ३ जना जनप्रतिनिधि उपस्थित नभएपनि प्रदेशसभाका सबै ८३ जनाले नै मत खसालेका छन् ।

लुम्बिनीमा नेकपा एमालेको केपी शर्मा ओली समूह र विपक्षी गठबन्धनबाट गरी दुईजना उम्मेदवार छन् ।

Share This:
सम्बन्धित खबर
Loading...