प्रदेश २ को बजेट अधिवेशन जेठ २४ मा आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस

273

जनकपुरधाम । प्रदेश नम्बर २ सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गरी जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो ।

बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

प्रदेश प्रमुखले सिफारिस गरे पश्चात प्रदेशसभामार्फत् आगामी आर्थिक वर्ष २०७८/७९ वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...