अबको केही दिनभित्रै खोपको सुनिश्चितता : राज्यमन्त्री मानन्धर

506

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जनताको जीवनरक्षा र जीवनस्तर सुधारका लागि सरकारले अधिकतम् उपाय अबलम्बन गरिरहेको बताएका छन् ।

सोमबार बालाजु बाइपारमा निर्माणाधीन सूचना केन्द्र निर्माण उपभोक्ता समितिका पदाधिकारीसँगको छलफलमा मन्त्री मानन्धरले सरकारले कोभिड–१९ महामारी नियन्त्रण केन्द्रित बजेट ल्याएको बताउँदै उपचार र खोप सुनिश्चितताका लागि बजेटको कमी नहुने दाबी गरे ।

कात्तिक र मंसिरमा हुने निर्वाचन अगावै सम्भव भएसम्म सबै नागरिकलाई निःशुल्क खोपको प्रबन्ध गर्नेगरी सरकारले काम गरिरहेको उनको भनाइ थियो ।

खोपको व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन भएको बताउँदै मन्त्री मानन्धरले अबको केही दिनभित्र खोप आयत सुनिश्चित हुने बताए ।

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुनेगरी बजेट आएको दाबी गर्दै मन्त्री मानन्धरले सबै नेपालीले अपनत्व गर्ने जनमुखी बजेट आएको दाबी गरे ।

Share This:
सम्बन्धित खबर
Loading...