अनुदानमा दिएको खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदै

255

काठमाडौं । चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने भएको छ ।

सोमबार राति ११ बजे काठमाडौंबाट नेपाल एयरलाइन्सको वाइड बडी (एयरबस ए–३३०) जहाज बेइजिङ जाने कार्यतालिका छ ।

एयरलाइन्सका अपरेसन निर्देशक दीपु जुहार्चनका अनुसरा जहाजबाट ८ लाख डोज खोप ल्याइने छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको अनुरोधमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए । त्योमध्ये बेइजिङबाट ८ लाख डोज ल्याउने जिम्मेवारी आफूहरुलाई दिइएको जुहार्चनले जानकारी दिए ।

खोप लिएर जहाज मंगलबार दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा आइपुग्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...