काठमाडौं । सरकारमा सहभागी हुने तयारीमा रहेको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्रीसँग भेटवार्ता हुँदैछ ।
जसपामा एकले अर्को पक्षलाई कारबाहीको तयारीसमेत भइरहेको बेला एमाले रजसपा नेताहरुबीच सत्ता गठबन्धन बनाउनेबारे छलफल हुन लागेको हो । यसका साथै जसपाका अन्य मागबारे पनि छलफल हुने बताइएको छ ।
छलफलमा दुवै पक्षका शीर्ष नेताहरु सहभागी हुनेछन् । जसपालाई ८ मन्त्रालय दिने समझदारी यसअघि नै भइसकेको छ । स्रोतका अनुसार ८ मन्त्री र २ राज्यमन्त्री बन्ने गरी जसपाको ठाकुर पक्ष एमाले नेतृत्वको सरकारमा सहभागी हुँदैछ ।
नागरिकता अध्यादेश, मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि ठाकुर पक्षले मधेशका माग एमालेले पूरा गरेको भन्दै सत्ता सहकार्य हुने बताएको छ ।