१६५ केजी गाँजासहित एकजना पक्राउ

402

सुनसरी । सुनसरी कोसी गाउँपालिका ८ भाण्टाबारीस्थित पूर्व-पश्चिम राजमार्गबाट १ सय ६५ केजी गाँजासहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ४० वर्षीय गणेश यादव रहेका छन् ।

आइतबार बिहान पौने ३ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र सीमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरी टोलीले राजमार्गको दक्षिण पानीटंकी नजिक प्लाष्टिकले बेरिएको अवस्थामा ६ बोरा तयारी लागुऔषध गाँजासहित यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादव उपर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...