काठमाडौं । सरकारले गणतन्त्र दिवसका अवसरमा माफी मिनाहा पाएका ४३० जनाको नाम सार्वजनिक गरेको छ ।
गणतन्त्र दिवसकै दिन जेठ १५ गतेदेखि लागु हुने गरी माफी मिनाहा पाएका ४३० जनाको नाम कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको हो ।
मन्त्रिपरिषद्को जेठ १३ गते बसेको बैठकले सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम माफी मिनाहा गरेकी हुन् ।
माफी मिनाहा, कैद कट्टा गर्ने प्रयोजनका लागि तोकिएका कैदको ५० प्रतिशत कैद भुक्तान गरेका कैदीको बाँकी कैद कट्टाका लागि प्रमुख जिल्ला अधिकारी तथा कारागार प्रमुखको सिफारिसमा कारागार व्यवस्थापन विभागले विवरण तयार पारेर गृह मन्त्रालयमार्फत् मन्त्रिपरिषद् बैठकमा पेस गरेको हो ।
कैदीबन्दी माफी