नेपाल समूहका नेताहरुले खाएको शपथभित्रै कपट लुकेको छ : प्रधानमन्त्री ओली

365

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कारबाही गरेका नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालप्रति थप आक्रोश व्यक्त गरेका छन् ।

तेस्रो महिला अधिकार दिवसलाई सम्बोधन गर्दै ओलीले नेपालले संसदीय मर्यादा नाघेको भन्दै आक्रोश व्यक्त गरे । उनले संसदीय मार्यदा नाघेर नेपालले सरकारका विरुद्ध अविश्वास र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन लागेको बताए । नेपाल समूहका नेताहरुले खाएको शपथभित्र कपट लुकेको ओलीको आरोप छ ।

“पार्टी मान्न नपर्ने । कहिले फ्लोर क्रस । आफ्नो सरकारविरुद्ध कहिले अविश्वास । कहिले अर्काको सरकार बनाउन त्यहाँ पुग्ने । दलीय संसदीय प्रणाली या अरु कुनै प्रणाली तिनका शपथ बेइमानी हो । तिनका शपथभित्र कपट लुकेको हुन्छ । देशकाविरुद्ध बहुतै ठूलो अनिष्ट काम गरिरहेका छन्,” ओलीले भने ।

माथिबाटै धमिलो पानी बगाउने काममा नेपाल लागेको उनले आरोप लगाए ।

ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेको भन्दै विरोध गरेका छन् । उनले राष्ट्रपतिलाई अश्लिलरुपमा आलोचना गरेको आरोप लगाए ।

“उनीहरु पर पीडकको हिसाबमा छाडापन र अश्लीलताले समाजलाई अलमल्याउँदै छन् । अर्काले पीडा र आँशुमा खुसी हुने प्रवृति देखिन्छ । पर पीडक, अश्लिल तत्वहरु अहिले पनि घृणा फैलाउने काम गरिरहेका छन् । जसको पनि अपमान गर्न सक्यो भने । उच्च मर्यादामा रहेका व्यक्तिलाई अश्लिल भाषामा गाली गर्ने प्रवृति समाजका लागि हानिकारक छ,” उनले भने ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार महिला हिंसाका घटना नियन्त्रणका लागि संवेदनशील भएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...