एमाले स्थायी कमिटी बैठक बस्दै, १२ जना नेतामाथि कारबाही होला ?

399

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आइबार साँझ ५ बजे बस्ने भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्ने र थप निर्णय लिने पार्टी कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी दिए ।

एमालेको यसअघि बसेको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ जना नेतासँग स्पष्टीकरण माग गरेको थियो ।

उनीहरु कसैले पनि स्पष्टीकरणको जबाफ दिएका छैनन् । यसअघि वरिष्ठ नेता माधव कुमार नेपालसहित ११ जना नेतालाई पार्टीबाट निष्काशन गरिसकेको एमालेले आज थप नेतामाथि कारबाही अघि बढाउने सम्भावना छ ।

Share This:
सम्बन्धित खबर
Loading...