सुकेटार विमानस्थलको नाम परिवर्तन गर्नुअघि व्यापक छलफल गर्नुपर्छ : भट्टराई

434

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले सुकेटार विमानस्थलको नाम परिवर्तन गर्नुअगाडि व्यापक छलफल गरी सहमति निर्माण गर्नुपर्ने बताएका छन् ।

त्यसै नाम परिवर्तन गर्दा विवाद, विभाजन र अनावश्यक तनावमात्रै झेल्नुपर्ने उल्लेख गर्दै उनले सबै पक्षसँग छलफल र विमर्श गरिनुपर्ने बताए ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९को बजेट प्रस्तुत गर्दै सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थलन हुने बताएका थिए ।

यसप्रति संकेट गर्दै आइतबार नेता भट्टराईले सुकेटार विमानस्थलको नाम परिवर्तन गर्नु अघि व्यापक छलफल गरी सहमति निर्माण गर्नुपर्ने बताएका हुन् ।

“ऐतिहासिकरुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भीकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिकस्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नु पर्दछ,” भट्टराईले फेसबुकमा लेखेका छन्,“यसरी मात्र सहभागितामुलक लोकतन्त्र बलियो हुनसक्छ । असल काम पनि असल नियत र सही प्रकृयाबाट गरियो भनेमात्र सही परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, विभाजन र अनावश्यक तनाबमात्र झेल्नु पर्दछ ।”

Share This:
सम्बन्धित खबर
Loading...