देशभरका आन्तरिक विमानस्थल विस्तार तथा स्तरोन्नतिका लागि १ अर्ब ३३ करोड विनियोजन

156

काठमाडौं । सरकारले देशभरका आन्तरिक विमानस्थल विस्तार तथा स्तरोन्नतिका लागि १ अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसद पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललको स्तरोन्नतिका लागि ६ अर्ब रुपैयाँ, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि ८ अर्ब ५० करोड, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि ३ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...