राष्ट्रलाई नाश्ने गलेर नाश हुन्छ !

405

अस्त र व्यस्त समाजमै त्रस रमाउँछौ यसैमा
बेथिति अति बिगारेउ मति संकट ल्याई यो देशमा,
भय र त्रास फैलाई यहाँ सबैलाई तर्साउँछौ
न्यायका हकी देशभक्तमाथि शब्दवाण वर्षाउँछौ ।

षडयन्त्र जाल बुनिन्छन् तिम्रा सामन्त्र साथमा
अधिकार छिन्छौँ विधिलाई मिच्छौ अँधेरी रातमा,
अतृप्त तिम्रो सत्ताको भोक कहिले हो मेटिने
स्वाधीनतासँगै स्वाभिमान भन्ने कहाँ हो भेटिने ?

विधि र विधान नैतिकता तिमीले के साह्रो मितेको
कुर्सीको खेलमा स्वास्र्थको झेलमा चुर्लुम्मै डुबेको,
नक्कली कुरा फैलाई सधैँ नठान टिकिन्छ
जनाधिकार मास्ने, राष्ट्रलाई नाश्ने गलेर नाश हुन्छ ।

जेठ १५, २०७८

Share This:
सम्बन्धित खबर
Loading...