सुदूरपश्चिम प्रदेशमा मन्त्रिमन्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ

465

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख गंगाप्रसाद यादवले नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख कार्यालयमा पद तथा गोपनीयताको शपथ खुवाएका हुन् भने मुख्यमन्त्री त्रिलोचन भट्टले राज्यमन्त्रीलाई शपथ खुवाएका हुन् ।

पुनःगठित मन्त्रिपरिषद्को सामाजिक विकासमन्त्रीमा लाल बहादुर खड्का, आर्थिक मामिला तथा योजनामन्त्रीमा प्रकाश शाह, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घ सोडारी, उद्योग, वन तथा वातावरणमन्त्रीमा मान बहादुर धामी नियुक्त भएका छन् ।

यस्तै, चुनकुमारी चौधरी, अर्चना गहतराज, मान बहादुर सुनार, मना साउदले राज्यमन्त्रीमा शपथ ग्रहण गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...