निको हुनेदरमा वृद्धि : एकैदिन ९,८४१ कोरोनामुक्त, थप ६,९५१ संक्रमित

काेराेना अपडेट

220

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ६ हजार ९५१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ९६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १९ हजार ३१३ आरटी पिसिआर र ७९७ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । यीमध्ये १ लाख १३ हजार ३९४ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

शुक्रबार देशभर ९ हजार ८४१ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ९ हजार ८४१ जनासँगै देशभर कोरोना जित्नेको संख्या ४ लाख १८ हजार ८ सय २९ जना पुगेको छ । निको हुने दर ७८.१ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ९६ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ४७ सय पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...