काठमाडौं । संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्ने कानुनविद्हरुका लागि समय निर्धारण गरिएको छ ।
बहसकर्तालाई १० मिनेटमात्रै समय उपलब्ध गराइने प्रधानन्यायाधीश राणाले जनाएका छन् । रिट निवेदकको तर्फबाट अधिवक्ता सन्तोष भट्टराईले बहस सुरु गरेका छन् ।
उनले संविधानको धारा (४) मा प्रवेश नै नगरी (५) मा गएको हुनाले प्रतिनिधिसभा स्वतः पुनःस्थापना हुने तर्क गरेका छन् ।