भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको आरोपमा तीनजना पक्राउ

279

काठमाडौं । भेरी अस्पताल नेपालगञ्जका स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

गएराति उपचारका क्रममा कोरोना संक्रमितको ज्यान गएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।

पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका मान बहादुर रावत, भरत रावत र लोकराज रावत छन् ।

जिल्ला प्रहरी कार्यालय बाँके प्रहरी उपरीक्षक (एसपी) ओम रानाका अनुसार प्रकाउ पर्नेमा मान बहादुर मृतकका भाइ र अन्य दुईजना मृतकका छोरा छन् ।

एसपी रानाले घटनाको अनुसन्धान भइरहेको र त्यसपछि के मुद्दा चलाउने भन्नेबारे टुंगो लाग्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...