माओवादी प्रदेशसभा दलको प्रमुख सचेतकमा ठम्मर विष्ट नियुक्त

610

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्ट नियुक्त भएका छन् ।

माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको नेता मुख्यमन्त्री शाहीको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले विष्टलाई प्रमुख सचेतकमा नियुक्त गरेको हो ।

यस अघिका केन्द्रका प्रमुख सचेतक सीताकुमारी नेपाली प्रदेश सरकारको आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भएपछि केही दिनदेखि उक्त पद खाली थियो ।

प्रमुख सचेतकमा नियुक्त विष्टले पार्टीले दिएको भूमिकालाई जिम्मेवारीपूर्ण ढङ्गबाट पूरा गर्ने बताएका छन् । यसअघि भने उनलाई माओवादीले मन्त्री बनाउने तयारी गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...