सगरमाथा क्षेत्रमा भारी हिमपात, आरोहीको उद्धारमा समस्या

339

सोलुखुम्बु । सगरमाथा क्षेत्रमा भारी हिमपात हुँदा आरोहण प्रभावित भएको छ । मंगलबारदेखि मौसममा खराबी भएसँगै बाक्लो हिउँ परेकाले आरोहीहरुको उद्धारमा समेत समस्या भएको हो ।

आरोहणका लागि चौथो आधार शिविरसम्म पुगेका सबै जनाको आरोहण स्थगित गरी दोस्रो शिविरमा ल्याइए पनि त्यहाँबाट आधार शिविरसम्म झार्न समस्या भएको छ ।

अहिले तीन दर्जन आरोहीसहित १ सय जनाभन्दा बढी दोस्रो आधार शिविरमा अड्किएको आधार शिविरका सम्पर्क अधिकृत खिमलाल गौतमले जानकारी दिए ।

दोस्रो आधार शिविरमा रहेका सामान तल झार्नका लागि उच्च हिमाली कामदारहरुसमेत माथि जान नसकेको उनले बताए ।

आरोहण सफल गरेर फर्किएका केही आरोहीहरु घाइते भएको र उनीहरुको उद्धारका लागि मौसम प्रतिकूलताकै कारणले हेलिकोप्टरसमेत पठाउन सकिएको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...