काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना नियन्त्रणमा दातृ निकायले दिएको सहयोग दुरुपयोग र पार्टीकरण नगर्न माग गरेको छ ।
बिहीबार एक विज्ञप्तिमार्फत् कांग्रेसले कोरोना भाइरस प्रतिकार्याका लागि विदेशी मित्रराष्ट्रबाट आएको सहयोग दुरुपयोग र पार्टीकरण नगर्न माग गरेका हुन् ।
“निषेधाज्ञालाई व्यवहारिक र प्रभावकारी तर, जनअधिकार र जनताका आवश्यकतालाई केन्द्रबिन्दुमा राखी आवश्यकताअनुसार कार्यान्वयन गर्न विदेशी मित्रराष्ट्र र संघ संस्थाबाट आएको सहयोगको दुरुपयोग र पार्टीकरण बन्द गर्न माग गर्दछु,” सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
साथै अहिले कोरोना भाइरसको संक्रमणले गर्दा सिर्जना गरेको स्वास्थ्य चुनौती मात्र नभएर निषेधाज्ञाले उद्योग व्यवसाय बन्द भएर खडा भएको वेरोजगारीका कारण रोजीरोटीको संकट पनि जटिल बन्दै गएको प्रति सरकारको ध्यानाकर्षण गराएको छ ।