जोन्सन एन्ड जोन्सन खोप ल्याउने तयारी

619

काठमाडौं । नेपालले कोभ्याक्स कार्यक्रम अन्तर्गत जोन्सन एन्ड जोन्सन खोप ल्याउने तयारी अघि बढाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोभ्याक्सअन्तर्गत ‘कोभिशिल्ड’खोपको विकल्प खोज्न सझाव दिएपछि स्वास्थ्य सेवा विभागले अमेरिकामा विकास भएको खोप ल्याउने तयारी अघि बढाएको हो ।

नेपालले कोभिशिल्डको विकल्पको रुपमा ल्याउन पहल गरिएका ३ वटा खोपमध्ये जोन्सन एन्ड जोन्सन कम्पनी खोप दिन सकरात्मक देखिएको हो । “कति डोज र कति दिनभित्र खोप ल्याइने भन्ने टुंगो लगाउन बाँकी छ । तर, जोन्सन एन्ड जोन्सनको खोप ल्याउने तयारी गरिरहेका छौँ,” खोप विभाग प्रमुख डा.झलक गौतमले भने ।

डब्ल्युएचओले गएको मार्च १२ मा जोन्सनलाई कोभ्याक्स कार्यक्रममा समेटेको थियो । कोभ्याक्सअन्तर्गत नेपालले २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप पाउनुपर्नेमा अहिले ३ लाख ४८ हजार डोज काभिशिल्ड खोप पाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...