पछिल्लो २४ घन्टामा थप ६,९३९ जनामा संक्रमण पुष्टि, एकैदिन ७,२२६ कोरोनामुक्त

काेराेना अपडेट

304

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ६ हजार ९ सय ३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय ६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर २० हजार ४ सय १४ आरटी पिसिआर र ५ सय ७७ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको छ । यीमध्ये १ लाख १६ हजार ४ सय ७६ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा १ हजार ७ सय ३८, ललितपुरमा ३ सय ६४ र भक्तपुरमा २ सय ६५ जना गरी उपत्यकामा २ हजार ३ सय ६७ जना संक्रमित थपिएका छन् ।

बिहीबार देशभर ७ हजार २ सय २६ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ७ हजार २ सय २६ जनासँगै देशभर कोरोना जित्नेको संख्या ४ लाख १८ हजार ८ सय २९ जना पुगेको छ । निको हुने दर ७७.२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १ सय ६ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ सय पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...