काठमाडौं । संविधानविद् टीकाराम भट्टराईले सभामुखले प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नसक्ने बताएका छन् ।
बिहीबार सभामुखसँगको छलफलको क्रममा भट्टराईले अधिवेशन आह्वान राष्ट्रपतिले मात्रै गर्न सक्ने भएपनि सिफरिस भने सभामुखले पनि गर्न सक्ने तर्क गरेका हुन् ।
“सर्वोच्चको फैसलालाई उदृत गर्दै सम्मानीय सभामुखले राष्ट्रपतिलाई प्रतिनिधिसभाको बैठक आह्वान गर्न सिफारिस गर्न सक्नुहुन्छ,” भट्टराईले भने,“मन्त्रिपरिषद्ले मात्रै अधिवेशन आह्वान सिफारिस गर्न सक्दैन ।”
अधिवेशन आह्वान गर्ने अधिकार भने केवल राष्ट्रपतिलाई मात्रै भएको उनको भनाइ छ । उनले सर्वोच्चाको फैसला बमोजिम संसद् जीवितै भएको बताए ।
संविधनवाद, संसदीय व्यवस्था र संवैधानिक सर्वोच्चताको गर्जेना गर्ने दायित्व सभामुखलाई पनि भएको बताउँदै भट्टराईले जेठ १५ मा बजेट ल्याउन संसद् हुनै पर्ने दाबी गरे ।