अक्सिजन सिलिन्डर फिर्ता गर्न मन्त्रालयको आग्रह [विज्ञप्तिसहित]

524

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डर समयमा नै फिर्ता गर्न आग्रह गरेको छ ।

अक्सिजन आपूर्ति व्यवस्था सहज भएपनि सम्बन्धित उद्योगहरुमा भर्न फिर्ता नपुग्ने समस्या बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एउटा उद्योगका अक्सिजन सिलिन्डरहरु अन्यत्र जाने क्रम पनि अत्याधिक बढिरहेको र यसले आगामी दिनमा समस्या निम्त्याउन सक्ने मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।

अक्सिजन सिलिन्डरहरु देशका दुरदराजमा वा व्यक्तिका घरहरुमा थन्किएर रहेमा अस्पतालहरुमा सघन उपचररत संक्रमितहरुलाई अप्ठ्यारो हुन जाने भएकाले सबैजना संवेदनशील बनिदिन मन्त्रालयले सूचनामार्फत् अनुरोध गरेको हो ।

यस्तै स्वास्थ्य मन्त्रालयले अक्सिजन जस्तो औषधीय विषयमा प्राविधिक ज्ञान र विवेकभन्दा बाहिर गएर निर्णय गर्ने र गराउने कार्यलाई बन्दा गर्न तथा अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने गरी समन्वयको व्यवस्थापन गर्न आग्रह गरेको छ ।

No description available.

Share This:
सम्बन्धित खबर
Loading...