अवस्था सामान्य भएको भए लाखौँ नागरिक सडकमा उत्रिइसकेका हुन्थे : कांग्रेस

321

काठमाडौं । नेपाली कांग्रेसले अवस्था सामान्य भएको भए अहिले लाखौँ नागरिक सडकमा उत्रिइसकेको हुने जनाएको छ ।

बुधबार सभापति शेर बहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकपछि सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारले असंवैधानिक बाटोमा राज्यसत्ता कब्जा गर्ने र अधिनायक शासन चलाउने नियत राखेको भन्दै सामान्य अवस्था भएको भए लाखौँ जनता यति बेला सडकमा उत्रिइसकेको हुने बताए ।

“अहिले सामान्य अवस्था हुन्थ्यो भने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक हर्कतविरुद्ध लाखौँ जनता सडकमा उत्रिएका हुन्थे, हामी सबै आन्दोलनमार्फत् जनमतअनुरुपको अवस्था निर्माण जुटिरहेका हुन्थ्यौँ,” महतले भने,“तर, जीवन नै जोखिममा परेको अवस्था छ । जनताको स्वास्थ्यमा खेलवाड नर्गन हामी सरकारको ध्यानाकर्षण गर्दछौँ ।” उनले राष्ट्रप्रमुख र सरकार प्रमुखका गैर जिम्मेवारी नागरिकप्रतिको बेवास्ताका उपज भएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...