थप ८ हजार ६३६ जनामा संक्रमण पुष्टि, कोरोनामुक्त हुनेको संख्या ४ लाख नाघ्यो

काेराेना अपडेट

302

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ६ सय ३६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय ६९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर २२ हजार ३ सय ६ आरटी पिसिआर र ६ सय ३० एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको छ । यीमध्ये १ लाख १५ हजार ४४७ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा १ हजार ८ सय ६३, ललितपुरमा ४ सय २७ र भक्तपुरमा ३ सय २३ जना गरी उपत्यकामा २ हजार ६ सय १३ जना संक्रमित थपिएका छन् ।

मंगलबार देशभर ६ हजार ४ सय ४ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ६ हजार ४ सय ४ जनासँगै देशभर कोरोना जित्नेको संख्या ४ लाख ४ हजार ८ सय ८७ जना पुगेको छ । निको हुने दर ७६.६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १ सय ६९ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ६ हजार ७ सय पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...