काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनका राष्ट्रघाती र प्रतिगमनकारीको रुपमा सिंगो कम्युनिस्ट आन्दोलन विर्सजन गर्ने पात्रका रुपमा आफूलाई स्थापित गरेको आरोप लगाएका छन् ।
मंगलबार सामाजिकसञ्जालमार्फत एक वक्तव्य जारी गर्दै नेता नेपालले एमाले पार्टीलाई ओलीले सिंगो कम्युनिस्ट आन्दोलन विसर्जन गर्ने पात्रका रुपमा आफूलाई स्थापित गरेको आरोप लगाएका हुन् ।
“कम्युनिष्ट पार्टीलाई माया गर्ने तमाम नेपाली जनता नेपालका कम्युनिस्ट पार्टीहरू एक हुन्, कम्युनिस्ट आन्दोलन एक र सशक्त होस्, जनजीविका, जनताको हित, स्वार्थ र सरोकार तथा सुशासनका पक्षमा एवम् समाजवाद उन्मुख काम गरुन् भन्ने चाहन्छन् । तर जनअपेक्षा विपरीत केपी ओलीले केही समयअघि षड्यन्त्रकारीहरुको उक्सावटमा सिंगो ‘नेकपा लाई विभाजन गर्ने काम फत्ते गरे,” नेपालले भनेका छन् ।
त्यस्तै उनले जनताबीच लोकप्रिय पार्टी नेकपा एमालेलाई तहस–नहस गर्ने अभियान त्यही बिन्दुबाट सुरु गरेर कथित कारबाही र निष्कासनमा आएर पूरा भएको पनि बताए ।
यस्तो छ माधव नेपालको वक्तव्य