केयूले बिएन्डसीलाई सम्बन्धन दिने तयारी गरेकोमा प्राध्यापक संघको आपत्ति

428

काठमाडौं । झापाको बिएन्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिन काठमाडौं विश्वविद्यालय (केयू)लाई आएको दवावप्रति केयू प्राध्यापक संघले आपत्ति जनाएको छ ।

चिकित्सा शिक्ष ऐनलाई लत्याएर बिएन्डसीलाई सम्बन्धन दिने प्रक्रिया अघि बढ्नु अनुचित र अवान्छित भएको संघको ठहर छ ।

काठमाडौं विश्वविद्यालय अन्तर्गत अहिले भएका क्याम्पसकहरुको नै अनुगमन र निरीक्षण गर्न हम्मे–हम्मे परिरहेका बेला थप सम्बन्धनका दागि दवाव दिएको कुरा संघलाई स्वीकार्य नभएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संघले डा.गोविन्द केसीका प्रेस संयोजक प्रीतम सुवेदीमाथि बिएन्डसीका सञ्चालक दुर्गा प्रसाइँले आक्रमणको धम्की घटनाको पनि निन्दा गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...