सेती अस्पतालले भन्यो–मन्त्री आलेले व्यक्तिगत खर्चमा किनेर दिएका हुन्

भाइरल तस्बिर प्रकरण

413

काठमाडौं । सोमबार दिउँसोदेखि एकाएक सामाजिक सञ्जालमा अक्सिजनको सिलिन्डमा वन तथा वातावरणमन्त्री प्रेम आलेको तस्बिर भाइरल बन्यो ।

धेरैले चीनबाट अनुदानमा प्राप्त अक्सिजन सिलिन्डरमा मन्त्री आलेको आफ्नो तस्बिर राखेर प्रचार गरेको आरोप लगाए । तर, ठूलो संख्द्ययामा मन्त्री आलेले नै व्यक्तिगत खर्चमा सिलिन्डर खरिद गरेर कैलाली र डोटीमा वितरण गरेको पाइएको छ । मन्त्री आलेले सोमबार डोटी अस्पतालका लागि ७५ सिलिन्डर अक्सिजन हस्तान्तरण गरेका थिए ।

तीमध्ये १५ वटा अक्सिजन सिलिन्डर स्वास्थ्य सेवा विभागले दिएर र अन्य आफैँले व्यक्तिगत खर्चमा किनेको उनका प्रेस सल्लाहकार विमल विष्टले जानकारी दिए । डोटीमा मात्रै मन्त्री आलेले आफ्नो व्यक्तिगत खर्चमा ६० वटा सिलिन्डर अक्सिजन, ४ वटा कन्सन्ट्रेटर र १ लाख ५० हजार सर्जिकल मास्क वितरण गरेका थिए ।

मंगलबार सेती प्रदेशिक अस्पताल धनगढीलाई पनि मन्त्री आलेले ५० सिलिन्डर अक्सिजन दिएका छन् ।

“डोटीका लागि ७५ र कैलालीका लागि ५० वटा अक्सिजन सिलिन्डर वितरण गरेको छु । त्यसमा १५ वटा स्वास्थ्य सेवा विभागले दिएको हो । बाँकी १ सय १० वटा मैले आफ्नै रकमले खरिद गरेको हुँ,” मंगलबार बिहान सेती प्रदेशिक अस्पतालमा आयोजित स्वास्थ्य सामग्री वितरण कार्यक्रममा मन्त्री आलेले भने ।

मन्त्री आलेले व्यक्तिगतरुपमा ५० हजार मास्कसमेत अस्पताललाई दिएका छन् ।

सेती प्रदेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले मन्त्री आलेले व्यक्तिगत खर्चमा अस्पताललाई सहयोग गरेको बताएका छन् ।

“हामीलाई केही समयअघि नै मन्त्रीज्यूले सहयोग गर्ने बताउनु भएको थियो । उहाँले भनेअनुसारको सहयोग व्यक्तिगतरुपमै गर्नुभएको हो,” जिल्ला अस्पताल डोटी र सेती प्रदेशिक अस्पताल धनगढीले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

सेती प्रदेशिक अस्पतालले जेठ ७ गते नै विधि म्यानेजमेन्ट प्रालिलाई अक्सिजन सिलिन्डर उपलब्भ गराइदिने भनी लेखेको पत्रकम मन्त्री आलेले सिलिन्डर व्यक्तिगत सहयोगमा उपलब्ध गराउन चाहेकाले मन्त्रीबाटै भुक्तानी लिन भनेको छ ।

कांग्रेस, नेकपा माओवादी केन्द्र र एमाले माधव कुमार नेपाल पक्षका कार्यकर्ता सामाजिक सञ्जालमा अनुदानको सिलिन्डरमा मन्त्रीको फोटो टाँसेको भनेर प्रचार गरेपनि वास्तविकता त्यस्तो नरहेको सचिवालयको भनाइ छ ।

एमाले कार्यकर्ताले मन्त्रीको निजी खर्चमा किनिएका सिलिन्डरलगायत स्वास्थ्य सामग्रीमा मन्त्रीको स्टिकर टाँसेको बताइएको छ ।

No description available.

Share This:
सम्बन्धित खबर
Loading...