सिसिएमसीको सिइओमा सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त

361

काठमाडौं । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशक समितिको सिइओमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए । शर्मालाई सरकारले सचिव सरहको सेवा सुविधा दिएर नियुक्त गरेको हो ।

यसअघि उपप्रधानमन्त्री ईश्वर पोख्रेल संयोजक रहेको सिसिएमसीले उल्लेख्य काम गर्न नसकेको गुनासो बढेपछि प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति बनाइएको छ । सिसिएमसीको संरचनागत फेरबदलका लागि अध्यादेश जारी भइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...