सुरेन्द्र पाण्डेसहित थप १२ जना नेतालाई एमालेले सोध्यो स्पष्टीकरण

370

काठमाडौं । नेकपा (एमाले)ले थप १२ जना नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता सुरेन्द्र पाण्डेसहित १२ जनालाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

थप स्पष्टीकरण सोधिएका नेताहरुमा सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रसाद भट्ट र नारायण खतिवडा रहेका छन् ।

सोमबारको बैठकले वरिष्ठ नेता माधव कुमार नेपालसहित ११ जनालाई पार्टी सदस्यबाटै हटाउनेसमेत निर्णय गरेका छ ।

बैठकमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिन र पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिने निर्णय समेत भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...