यी हुन् एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका ११ सदस्य

604

काठमाडौं । नेकपा (एमाले)ले वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपालसहित ११ सांसद्लाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले खनाल–नेपालसँगै भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, राम कुमारी झाँक्री, सरला यादव, पुष्णा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरादेवी जैरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

तर, कारबाहीमा परेकी झाँक्रीले त्यो कारबाहीको कुनै मान्यता नहुने बताइन् । उनले आफूहरु पनि बसेर ओलीलाई कारबाही गर्न सक्ने भन्दै सोधिएको स्पष्टीकरणको पत्र पनि आफूहरुले नपाएको उनको प्रतिक्रिया छ ।

Share This:
सम्बन्धित खबर
Loading...