गण्डकीमा सोमबार थप ७४४ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु

551

गण्डकी । पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा थप ७ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धि विवरण अनुसार आज गण्डकीका १ हजार ७ सय ३४ जनामा गरिएको नमुना परीक्षणमा ७ सय ४४ जनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि भएकोमा कास्कीका २ सय ६३ जना, तनहुँका १ सय ४ जना, गोरखाका ११ जना, लमजुङका २३ जना, नवलपुरका १ सय ३३ जना र स्याङ्गजाका ८८ जना छन् ।

यस्तै, पर्वतका ५९ जना, बाग्लुङका २१ जना, म्याग्दीका ३८ जना, मुस्ताङ र मनाङ जिल्लाका दुुई–दुई जना छन्।

योसँगै गण्डकीमा हालसम्म ३५ हजार ३२६ जना संक्रमित पुगेको छ ।

पछिल्लो २४ घन्टामा गण्डकीमा ६ सय ५३ जना कोरोनामुक्त भएका छन् । योसँगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २४ हजार ४२० पुगेको छ।

सोमबार पनि गण्डकीमा थप २० जनाको मृत्यु भएको छ । योसँगै हालसम्म गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ५१ पुगेको छ।

Share This:
सम्बन्धित खबर
Loading...