‘स्वास्थ्य संकटकाल’ लगाउन सक्ने स्वास्थ्यमन्त्री त्रिपाठीको संकेत

211

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य संकटकाल लाग्न सक्ने संकेत गरेका छन् ।

कोरोना महामारीको दोस्रो लहर अझै एक महिनासम्म तीव्र गतिमा फैलिन सक्ने भएकाले रोकथामका लागि स्वास्थ्य संकटकालको विषयमा छलफल भइरहेको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले बताए । जनस्वास्थ्यविद्हरुको सुझावका आधारमा स्वास्थ्य मन्त्रालय अगाडि बढ्ने मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बताए ।

देशमा राजनीतिक हलचल भएपनि स्वास्थ्य मन्त्रालय कोरोना महामारीको युद्धमा निरन्तर लडिरहेको मन्त्री त्रिपाठीले बताए । कोरोनाविरुद्धको खोप खरिदका विषयमा अमेरिका, बेलायत, चीन, रुसलगायतका देशसँग सकरात्मक छलफल भइरहेको मन्त्री त्रिपाठीको भनाइ छ ।

खोप खरिदका लागि राजनीतिक र कुटनीतिक तवरबाट निरन्तर पहल भइरहेको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...