माओवादी केन्द्रले सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने

575

काठमाडौं । नेकपा माओवादी केन्द्रले कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन उत्पादनका लागि ७ वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ ।

पार्टीले सरकारी र सामुदायिक अस्पतालहरुको नजिक पर्ने गरी सातै प्रदेशमा एक–एक वटा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको हो ।

माओवादी केन्द्रको जेठ ५ र ६ गते बसेको स्थायी समितिको बैठकले कोरोना नियन्त्रणका लागि पारित गरेको कार्यक्रम र संरचना सम्बन्धि प्रस्तावमा अक्सिजन प्लान्ट स्थापना गर्ने उल्लेख छ ।

यस्तै, देशका विभिन्न ठाउँमा स्थानीयस्तरमै व्यक्तिगत सुरक्ष कवच(पिपिई) उत्पादन गर्ने विषयमा समेत सम्भाव्यता अध्ययन गरिने पनि प्रस्तावमा उल्लेख छ ।

माओवादीले देशव्यापीरुपमा (केन्द्र, प्रदेश र स्थानीय तह) स्तरमा कोभिड–१९ स्वास्थ्य इकाई गठन गर्ने पनि प्रस्तावमा उल्लेख छ । इकाईले कोभिड नियन्त्रण गर्नका लागि जनतालाई सूचित गर्न र जनस्वास्थ्यका मापदण्ड लागु गर्न अभिप्रेरित गर्ने जनाइएको छ ।

इकाईले विभिन्न जनसंगठनबाट जनशक्ति लिएर आवश्यकताअनुसार स्यम.सेवक टिम गठन गर्ने जनाइएको छ । केन्द्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को नेतृत्वमा समिति गठन हुने जनाइएको छ ।

No description available.

No description available.

No description available.

Share This:
सम्बन्धित खबर
Loading...