काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसइई परीक्षा भौतिकरुपमा गर्ने सम्भावन न्यून रहेको बताएका छन् । उनले परीक्षाका लागि विभिन्न विकल्पको बारेमा छलफल भइरहेको बताए ।
राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनको आधारमा परीक्षाको मोडालिटीको बारेमा निर्णय हुने उनको भनाइ छ ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको ज्ञापनपत्र बुझ्ने क्रममा मन्त्री श्रेष्ठले सो जानकारी दिएका हुन् । संगठनका अध्यक्ष ऐन महरसहितको टोलीले मन्त्री श्रेष्ठलाई १३ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।
सो क्रममा मन्त्री श्रेष्ठले एसइई र कक्षा १२ को परीक्षाको विषयमा मन्त्रालयले यहीँ महिनभित्र जानकारी दिन उल्लेख गर्दै भने।“सबै परीक्षाको विषयमा चाँडै निर्णय गर्नेछौँ ।”