काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले जनता समाजवादी पार्टीका सांसद् रेशमलाल चौधरीको मुद्दा फिर्ता नहुने स्पष्ट पारेको छ ।
महान्यायाधिवक्ता रमेश बडालले अदालतले दोषी ठहर गरेका व्यक्तिको मुद्दा फिर्ता नहुने प्रष्ट पारेका हुन् ।
“संविधान र कानुनभन्दा बाहिर गएर केही गर्न पाइँदैन । उहाँको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको छ । फिर्ता हुनसक्ने अवस्था छैन,” उनले भने ।
उनले जिल्ला अदालतको तहमा भएको भए केही छलफल हुनसक्ने भएपनि सर्वोच्चमा गएको मुद्दा फिर्ता नहुने स्पष्ट पारेका हुन् ।