काठमाडौं । नेपाली कांग्रेस सभापति शेर बहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग्ने रिट तयार भएको छ ।
रिटमा विघटित प्रतिनिधिसभाका १ सय ४६ जना सांसद्को हस्ताक्षर र सनाखत भएको छ । यसअघि नेकपा एमालेका २६ जनाको हस्ताक्षरसहित १ सय ४९ जनाको नाम राष्ट्रपतिसमक्ष पठाइएको थियो ।
रिट दायर गर्ने अन्तिम समयमा एमालेको गोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौला खरेलले हस्ताक्षर गनरेपछि एमालेको संख्या २३ मात्र भएको छ ।
रिट निवेदनमा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका एकजना सांद्को हस्ताक्षर रहेको छ ।