काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।
सोमबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी कमिटी बैठक बस्ने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।
समहसामयिक राजनीतिक घटनाक्रम र पार्टीभित्रका विवादबारे छलफल गर्न ओलीले बैठक बोलाएका हुन् ।
यसअघि बसेको स्थायी कमिटी बैठकले माधव कुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
खनाल–नेपाल पक्षका नेताहरुले स्पष्टीकरणको जबाफ नदिने प्रष्ट पारिसकेको छ ।
गत शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा गरेपछि नेपाली कांग्रेसलगायत विपक्षी ५ दलले विरोध गरिरहेका छन् ।
एमालेकै नेपाल पक्षले पनि प्रतिनिधिसभा विघटनको विरोध गरिरहेको छ ।