एमालेकी सचेतक शान्ता चौधरीले गरिन् गाडी फिर्ता

239

काठमाडौं । नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद्को गाडी फिर्ता गरेकी छन् । उनले सांसद्को जिम्मेवारीबाट मुक्त भएको भन्दै त्यसवापत प्राप्त सुविधा फिर्ता गरेकी हुन् ।

दलका सचेतकले संसद सचिवालयबाट सुविधावापत गाडी पाउने व्यवस्था छ । चौधरीले समाजिक संजाल फेसबुकमा लेखेकी छिन्, “राज्यको साधन राज्यका लागि नियम अनुसार प्रयोग गरियो, जिम्मेवारी मुक्त भएपछि आजबाट राज्यलाई नै फिर्ता गरियो ।”

चौधरीले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र एमालेको संसदीय दलको सचेतकको रूपमा ३ वर्ष भूमिका निर्वाह गर्ने अवसर प्राप्त गरेको त्यसबाट धेरै सिक्ने अवसर पाएको लेखेकी छन् ।

“जिम्मेवारीले जिम्मेवार बनाउँदो रहेछ,” उनले लेखकी छिन्, “धेरै कुरा सिकाउँदो रहेछ, सिक्दै दायित्व निर्वाह गरेँ। धेरै साथीहरुको सल्लाह, सुझाव र बौद्धिक सहयोग पाउन सकेँ । पार्टी नेतृत्व र सिंगो पार्टी पंक्तिको साथ पाएँ । म सबैप्रति नतमस्तक भएर श्रद्धा व्यक्त गर्न चाहन्छु ।” प्रतिनिधिसभामा दाङबाट उनले प्रतिनिधित्व गरेकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...