राष्ट्रपतिले तत्काल मलाई प्रधानमन्त्री नियुक्ति गर्नुपर्थ्यो : देउवा

367

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफूले प्रतिनिधिसभामा कायम रहेको सदस्य संख्याको स्पष्ट बहुमतसहित प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेकाे बताएका छन् । त्यसअनुरुप राष्ट्रपतिले आफूलाई तत्काल नियुक्त गर्नुपर्नेमा त्यसो नगरेको भन्दै आपत्ति जनाएका छन् ।

शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै देउवाले राष्ट्रपतिबाट आह्वान भए बमोजिम आफूले १ सय ४९ जना सांसद्का हस्ताक्षर पेस गरेको बताएका हुन् ।

देउवाले भनेका छन्,“राष्ट्रपतिले गरेको आह्वानको आधारमा मैले प्रतिनिधिसभामा तत्काल कायम रहेका सदस्य संख्याको स्पष्ट बहुमतसहित १४९ जना माननीय सांसद्हरुको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गरेँ । नेपालको संविधान बमोजिम राष्ट्रपतिले मलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा त्यसलाई इन्कार गर्नुभयो ।”

प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल भइ संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्को पटक बहुमत देखाउन नसक्ने स्वयम् घोषणा गरिसकेका ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुमा लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन तथा संसदीय पद्धतीको खिल्ली उडाएको देउवाले आरोप लगाएका छन् ।

“नेपालको संविधानको अक्षर र भावनाअनुसार माननीय ओलीले प्रधानमन्त्रीका लागि दावी गर्न नसक्ने प्रष्ट अवस्था हुँदाहुँदै त्यस्तो गैर संवैधानिक दाबीलाई स्वीकार गरी पुनः उनलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक मात्र होइन अनैतिक पनि हो,” देउवाले भने ।

No photo description available.

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...