काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले षड्यन्त्रकारीहरुको उक्साहट र चाहनामा फेरि संसद्को चीरहरण भएको बताएका छन् ।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत् प्रतिगमन दोहोरिएको टिप्पणी गरेका छन् । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उद्घोष जालझेल भएको उनको दाबी छ ।
नेपालले संसद् विघटन् गरे चुनावको घोषणा गर्नु प्रतिगमन भाग–२ भएको पनि बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदमको भत्र्सना गर्दै यसको प्रतिवाद डटेर गर्न आह्वान पनि गरेका छन् ।
“षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो,” नेपालले भने,“ शितल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भत्र्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु !”