दुवैको दाबी जाली हुन्, खारेज गरी चुनाव घोषणा होस् : थापा

461

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्रीका लागि गरेको दाबी किर्ते भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुवै दाबी खारेज गर्न सुझाव दिएका छन् । उनले निर्वाचनको घोषणा गर्न माग पनि गरेका छन् ।

“राष्ट्रपति महोदय, दुवै दाबीमा संविधानको धारा ७६(५)अनुसार विश्वासको मत प्राप्त गर्ने आधार छैन,” उनले भने,“ दुवै जाली÷किर्ते हुन् । दुवै खारेजगरी संविधान वमोजिम चुनाव घोषणा होस्। यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे, लोकतन्त्रको नाममा ब्रम्हलुट गरे। अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ ।”

आज ओली र देउवाले प्रधानमन्त्रीका लागि आफूसँग बहुमत रहेको दाबी पेस गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...