काठमाडौं उपत्यकामा थप २ हजार ४४७ जनामा कोरोना पुष्टि

212

काठमाडौं । २४ घन्टाको अवधिमा काठमाडौं उपत्यकामा २ हजार ४ सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा १ हजार ७ सय ५२ सय, ललितपुरमा ४ सय र भक्तपुरमा २ सय ९५ जना गरी उपत्यकामा २ हजार ४ सय ४७ जना संक्रमित भेटिएको हो ।

हालसम्म काठमाडौंमा २२ हजार १ सय ९३, भक्तपुरमा ४ हजार ८ सय ६४ र ललितपुरमा ६ हजार ८ सय ५६ जना संक्रिय संक्रमित छन् भने कामठमाडौंमा १ लाख ५० हजार १ सय ९३, भक्तपुरमा १२ हजार ६ सय ७८ र ललितपुरमा २२ हजार ४ सय ३६ जनाको कोरोना जितेका छन् ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्रै ६६ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये काठमाडौंमा ४१, ललितपुरमा १६ र भक्तपुरमा ९ जनाको ज्यान गएको छ ।

देशभरबाट २४ घन्टाको अवघिमा ८ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ भने ७ हजार ८ सय ९० जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...